काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० हजारभन्दा बढीको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार १९ जना पुगेको हो ।
नेपालमा हालसम्म ७ लाख १० हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । उक्त अवधिमा ९ हजार ४९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेका छन् । जसमध्ये ३१ हजार ४२७ जना होम आईसोलेशनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत र्आसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।