चितवन । चितवनमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण तीब्ररुपमा फैलिएपछि अत्याबश्यक काम बाहेक बाहिर नहिड्न प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरी कोभिड–१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा कायमै रहेको जनाएको हो ।
कोभिड–१९ को संक्रमणको विद्यमान उच्च जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परे जनस्वास्थ्यका पालना गर्न, जनस्वास्थ्यका मापदण्डविपरीत भीडभाडजन्य गतिविधि नगर्न÷नगराउन समेत प्रशासनले अनुरोध गरेको छ ।
साथै, निषेधाज्ञाको अवज्ञा हुनेगरी जोखिम बढाउने गतिविधि गरे÷गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जारी सूचनामा बताईएको छ ।
चितवनमा नयाँ भेरियन्टसहितको कोभिडको संक्रमण देखिएको र परीक्षणको आधारमा संक्रमणदरसमेत बढ्दै गएपछि अस्पतालमा संक्रमित बिरामीको चाप बढ्न गई धान्नै नसकिने अवस्थामा पुगेको प्रजिअ प्रेमलाल लामिछानेद्वारा जारी सूचनामा जनाइएको छ ।