चितवन। भरतपुर महानगरपालिकाले मगलबार नियमित संयुक्त बजार अनुगमन गरेको छ । उपभोक्ताहरुको हितलाइ ध्यानमा राखी स्व्च्छ बजार कायम राख्न महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमन गरेको हो ।
महानगरको नियमित कार्यक्रम अनुसार नै बजार अनुगमन गरिएको महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले जानकारी दिनु भयो । हामीले दैनिक नियमित कार्यतालिका अनुसार बजार अनुगमन गरेका छौ,कार्यबाहक नगर प्रमुख अधिकारीले भन्नू भयो, एक पटकलाइ सजग गराएर सुध्रिने मौका दिएका छौ अर्को पटक आउदा फेरि पनि यस्तै गल्ती दोहोरीएको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही हुन्छ उहाँले भन्नू भयो ।
कृषि तथा पशुपक्षि ब्यबसाय प्रबर्द्धन शाखा प्रमुख डा श्यामराज देबकोटाको नेतृत्वमा बजार अनुगमनमा गएको टोलिमा जिल्ला प्रशासन कार्यलय चितवन ,जिल्ला प्रहरी कार्यलय चितवन ,उधोग बाणिज्य सघ चितवन,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय चितवन, उपभोक्ता अधिकार सरक्षण मन्च,महानगरको कृषि , पशुपक्षि र मत्स्य शाखाका प्रतिनिधिहरु, पत्रकार लगाएत सरकारी तथ गैरसरकारी कार्यलयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।
अनुगमनका क्रममा मासुमा अखाद्य रग,आलु प्याजका बोरामा तौल कम, चामलको बोरामा समयावधि सकिएको, बिना दर्ता पसलहरु सन्चालन भएको, तिलको तेलमा मिसावट भएको,बेकरी घ्यु मा अखाद्य वस्तु मिसाइएको पाइएको छ । अनुगमन टोलिले भरतपुर २ बालकुमारी सब्जी मन्डिमा मुखिया मिट सप्लायर्स, राज कपुर श्रेष्ठको माछा पसल र नेपाल मिट सप्लायर्समा अनुगमन गरेको छ ।
यस्तै भरतपुर ३ को आलु मन्डिमा पनि टोलिले विभिन्न पसलहरुमा अनुगमन तथा निरीक्षण गरेको छ । त्यहाँ स्थित साइराम सब्जी भण्डार, जगदम्बा आलु स्टोर्स, राज्यलक्ष्मी आलु स्टोर्स र न्यु पशुपति भन्डारमा अनुगमन गरेको छ । यसैबीच भरतपुर ३ आन्नद मार्गमा रहेको मन्जुश्री ट्रेडर्समा पनि अनुगमन गरेको छ ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले बजार अनुगमनलाइ थप कडाइका साथ प्रभाबकारी बनाएर लैजानु पर्ने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भन्नू भयो अब महानगर एक्सनमा जान्छ,गल्ती गर्ने ब्यबसायिलाइ एक पटक सुध्रिने मौका दिन्छौ तर पुन अर्को पटक अनुगमनमा आउँदा सुधार भएको नपाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने छ ।
अनुगमन टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ ।
कृषि तथा पशुपक्षि ब्यबसाय प्रबर्द्धन शाखा प्रमुख डा श्यामराज देबकोटाले बिगतमा भन्दा निकै राम्रो सुधारको अवस्था रहेको बताउनु भयो । उहाले पहिलेको तुलनामा पसलेहरुले सुधार गरेको पाइएको पनि बताउनु भयो । भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले नियमित सयुक्त बजार अनुगमन उपभोक्ताहरुको हितमा रहेको बताउनु भयो ।
महानगरले बिगत ७ बर्ष देखि लगातार रुपमा संयुक्त बजार अनुगमन गर्दै आइरहेको पनि सापकोटाले जानकारी गराउनु भयो । उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।