भरतपुर । गत शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर १०का अध्यक्ष अरुणपीडित भण्डारीले स्वास्थ्यकर्मी माथि दुव्यर्हार गरेको भन्दै स्वास्थ्य कार्यालय चितवनले आपत्ति जनाएको छ । कार्यालय प्रमुख दिपक तिवारीले एक विज्ञप्ति जारी गरी यस घटनाबारे गम्भिर ध्यानाकर्ष भएको जनाएको हो । विज्ञप्तिमा कोरोना रोकथाम, निदान र व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई जनप्रतिनिधिबाटै धम्क्याउने, गालीगलौज गर्ने कार्य निन्दनीय रहेको जनाईएको छ ।
विज्ञप्तिमा कोरोना संक्रमणको रोकथाम, रोकथाम र नियन्त्रणमा भरपर्दो सारथि बनेका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाइदिन सबैमा अनुरोध समेत गरिएको छ ।
साउन १५ गते शुक्रबार साँझ भरतपुर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले खोपको विषयलाई लिएर स्वास्थ्यकर्मीमाथि गालीगलौज गरेका थिए । विज्ञप्तिमा लेखिएको छ ,‘जनप्रतिनिधिबाट कर्मचारीप्रति गरिएको दुव्र्यवहारको सामाजिक सञ्जालमा प्रसारित भिडियो र घटनाप्रति गरिएको क्रियाप्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमाफर्त स्वास्थ्य कार्यालय प्रमुख तिवारीले यसप्रकारको घटना भविष्यमा दोहोरिन नदिन र सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिने अवस्था सिर्जना गरिदिन सबै पक्षसँग माग गरेका छन् ।
जनप्रतिनिधिबाट कर्मचारीप्रति गरिएको दुव्र्यवहारको स्वास्थ्य कार्यालयको गम्भिर ध्यानाकर्षण
जनप्रतिनिधिबाट कर्मचारीप्रति गरिएको दुव्र्यवहारको स्वास्थ्य कार्यालयको गम्भिर ध्यानाकर्षण
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु