चितवन। भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. विश्वबन्धु बगाले हुनु भएको छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङको मंगलबार मन्त्रीस्तरीय निर्णयले बगाले मेसु हुनु भएको हो । एघारौं तहका डा. बगाले हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा हुनुहुन्थ्यो ।
बगालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य समूहका ८ जना अधिकृतको सरुवा गर्नुभएको हो ।