काठमाडौं । दार्चुलामा भारतीय सीमा सुरक्षा बलको ज्याजतीप्रति नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले दार्चुलाको मालघाटस्थित तुईनबाट माहाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुईन काटिदिँदा
दार्चुला जिल्ला व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार माहाकाली नदिमा बेपत्ता भएको खबरले आक्रोशित बनाएको बताएका छन् ।
यस्तो अमानवीय, निन्दनीय र आपत्तिजनक यस विषयमा तुरुन्तै भारतीय पक्षसँग कुरा गरि अपराधीलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाहीसहित क्षतिपूर्तिको ब्यवस्था गर्न नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सरकारसंँग माग गरेका छन् ।