चितवन । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर १ का सभापति किरण भूषण ओलीले ६ जनाको नाम सिफारिस गरेको जानकारी दिए ।
उम्मेदवार हुन आवेदन दिएको आधारमा पहिलो दर्ता गर्ने पहिलो क्रम अनुसार नाम सिफारिस गरेको छु’ सभापति ओलीले भने, ‘सबै उम्मेदवार समान हैसियतको भनि सिफारिस पत्रमै लेखेको छु ।’
सिफारिस हुनेहरूमा क्रमश: राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलिया, उमेश श्रेष्ठ, तीर्थ खनियाँ, स्वर्णिम वाग्ले र विश्व पौडेल रहेका छन् ।