चितवन । संघीय वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र वैंकल्पिक भूमिगत केवल विछ्याउन र बाटो स्तरोन्नति गर्न सहमती दिएको छ ।
आइतबार वन मन्त्रालयले निकुञ्जभित्र वैकल्पिक केवल विछ्याउने, देबेन्द्रपुर-बगहीँ हुलाकी सडकको काम सुचारु गर्न दिने र निकुञ्जभित्रको ध्रुवघाट-बनकट्टा तथा बगई-ठोरी हुलाकी (सुबिधाप्राप्त) सडक निर्माणका लागि वातावरणीय प्रभाव मुल्याङ्कन गर्न वन मन्त्रालयबाट सहमति प्रदान गर्दै निकुञ्ज विभागलाई कार्यान्वयनका लागि पत्राचार गरेको हो ।
वन तथा वातावरण मन्त्रालयकाका सचिव डा. पेमराज कँडेलले माडीका निवर्तमान नगरप्रमुख ठाकुर प्रसाद ढकाललाई सहमती पत्र हस्तान्तरण गर्नुभयो । सहमती पत्र पाएसंगै ढकालले सो कामका लागि निरन्तरको पहलकदमी गर्ने पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा निर्णय प्रक्रियामा सहजिकरण गर्ने वनमन्त्री प्रदिप यादव र भौतिक योजना तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईप्रति आभार व्यक्त गर्नुभएको छ ।स्वदेश एफएमको सहयोगमा