चितवन । उद्योग वाणिज्य संघ चितवनले एक दिवसिय लेखासम्बन्धी तालिम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ–चितवन र चितवन अटोमेकानिक व्यवसायी संघको सयुक्त आयोजनामा सम्पन्न भएको हो ।
अटोमेकानिकल व्यवसायीहरुलाई लक्षित गरि लेखा तालिमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई सक्षम व्यवस्थीत ढंगबाट व्यवस्थापन गर्नका लेखा सम्बन्धी जानकारी हुनु आवश्यक रहेको बताए । उनले सरकारले लिएका लेखा तथा राजश्व सम्बन्धी नयाँ नीति, नियमलगायतका विषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेले उद्योग वाणिज्य संघ–चितवनसँग सहकार्य गरेर कार्यक्रम गर्न पाइएकोमा संघलाई धन्यवाद दिए । तालिमका प्रमुख पशिक्षक रामजीप्रसाद अधिकारीले व्यवसायीहरुलाई मुल्य अभिवृद्धि करका बारेमा, लेखासम्बन्धी नीति, खरिद विक्री खाता राख्ने तरिका लगायत आन्तरिक राजश्वबाट जारी गरेको नीति नियमहरुको बारेका जानकारी दिए । नवराज पोखरेलले पशिक्षणमा सहयोगीको भुमिका निर्वाह गरेका थिए ।
नारायणी बहुप्रविधिक शिक्षालयका अटोमोबाइल कोडिनेटर आदित्य शर्मा तिम्सेनाले अटोमोवाईल सम्बन्धी व्यवसायीहरुलाई ज्ञान दिएका थिए । संघका सदस्य, एवं अटोमेकानिकल व्यवसायी संघका सदस्य लगायत उद्यमी व्यवसायीलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षद्धय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर के.सी लगाएत उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागिलाई धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले संघले समय समयमा सदस्य व्यवसायीलाई आवश्यक पर्ने तालिम, सेमिनार तथा गोष्ठिको आयोजना गर्दै आइरहेको बताए । चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम उवासंघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।