चितवन । नेकपा माओवादी केन्द्र माडी नगर कमिटीले माडीका वडाहरुमा पार्टीको बिस्तारित बैठकलाई तीव्रताका साथ अघि बढाएको छ। नेकपा माओवादी केन्द्रले माडी नगरपालिकाका ५ वटा वडाहरुमा आज एकै दिनमा बिस्तारित बैठक सम्पन्न गरेको छ।
आज माडी नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका वडाहरुमा बिस्तारित बैठक सम्पन्न गरिएको पार्टीका माडी नगर इञ्चार्ज दण्डपाणी पौडेलले जानकारी दिए । बिस्तारित बैठकले नयाँ कार्य समिति समेत चयन गरेको छ। जस अनुसार माडी नगरपालिका १ को अध्यक्षमा गङ्गा भुसाल र सचिव राजु पाठक चयन हुनु भएको छ । माडी नगरपालिका २ को अध्यक्षमा ईश्वरीप्रसाद ढकाल र सचिवमा श्रीप्रसाद सुबेदी रहेका छन् ।
त्यसै गरि माडी नगरपालिका ३ को अध्यक्षमा बलराम महतो र सचिवमा अमृता क्षेत्री रहेका छन् । माडी नगरपालिका ४ को अध्यक्षमा गोकुलानन्द लामिछाने र सचिवमा रामबाबु विश्वकर्मा रहेका छन् । माडी नगरपालिका ५ को अध्यक्षमा रामप्रसाद तिवारी र सचिवमा गणेश घताने चयन भएका छन् । माडीमा गठन भएको सम्पूर्ण वडा कमिटीहरु २९ सदस्यीय रहेको नगर इञ्चार्ज पौडेलको भनाइ छ।