काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ ।
पार्टी एकताको प्रयासमा रहेकाले तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताइएको हो।
सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एमाले नेता डा. विजय पौडेलले आफूहरु अहिले तत्काल सरकारमा जाने अवस्था नरहेको बताएका थिए ।