चितवन । भरतपुर महानगरपालिकाले पाँच वर्षमा ९ करोड २४ लाख ६३ हजार ८३ रुपैयाँ दूधमा अनुदान दिएको छ । हाल महानगरले प्रतिलिटर ३ रुपैयाँ दूधमा अनुदान दिइरहेको छ ।
भरतपुर महानगरले २०७४-७५ बाट दूधमा अनुदान दिन सुरु गरेको हो । २०७४-७५ मा महानगरले प्रतिलिटर ०.२५ पैसा अनुदान दिएको थियो । २०७४-७५ मा महानगरले ३३ लाख ९९ हजार ४७३ रुपैयाँ किसानलाई दूधमा अनुदान दिएको छ ।
यस्तै, २०७५-७६ मा ३१ लाख ६२ हजार ४० रुपैयाँ दुग्ध किसानलाई महानगरले अनुदान दिएको छ । यस्तै, २०७६-७७ मा एक करोड ६१ लाख ८८ हजार ४५, २०७७-७८ मा एक करोड ५८ लाख ६७ हजार ८४८ रुपैयाँ, २०७८-७९ मा ५ करोड ३८ लाख ६८ हजार १७७ रुपैयाँ महानगरले दुग्ध किसानलाई अनुदान दिएको छ ।