चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रामपुर कृषि क्याम्पसमा भएको कुटपिटको घटनामा क्रान्तिकारीलाई झुठो मुद्दामा फसाउन खोजिएको बताएको छ ।
आज (मंगलबार) विज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारी खैरहनी नगर कमिटीले आफुहरुलाई झुठो मुद्दामा फसाउन खोजिएको बताएको हो ।
खैरहनीको रामपुर कृषि क्याम्पसमा यही मिति २०७९/०४/२२ गतेका दिन भएको झडप प्रति हाम्रो संगठन खैरहनी नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । आपसी झगडा पश्चात् नेविसंघ इकाइ कमिटी रामपुर क्याम्पसले सार्वजनिक गरेको विज्ञप्तीमा अखिल क्रान्तिकारी खैरहनी नगर कमिटी इन्चार्ज ओम थपलिया र भुवानी शंखर क्याम्पस कमिटी उपाध्यक्ष विराज सडौलाको चरित्र हत्या गर्न खोजिएको छर्लङ्ग छ र उक्त्त झुठो कु्राको घोर भत्सर्ना गर्दै हाम्रो संगठनको कुनै पनि संग्लनता नरहेको कुरा यसै विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउन चाहान्छौँ । अखिल क्रान्तिकारी खैरहनी नगर कमिटी कार्यबाहक अध्यक्ष विराज उप्रतीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
उक्त कुटपिट (झडप) नेविसंघ खैरहनी नगर कमिटी र नेविसंघ रामपुर कृषि क्याम्पस इकाइ कमिटी बिच रामपुर क्याम्पसमा ताला खोल्ने विषयको विवादले भएको अखिल क्रान्तिकारीको दाबी छ ।