चितवन । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि चितवनबाट ३ सय विद्यार्थीहरुले एकैपटक न्याट टेष्ट परीक्षा दिएका छन् ।
उच्च शिक्षा अध्ययनका लागि जापान जान लागेका ३ सय विद्यार्थीहरु आज (शनिवार) न्याट टेष्ट परीक्षा दिएका हुन् ।
न्याटलाई जापानका युनिभर्सिटी कलेजले पनि प्राथमिकतामा राखेको छ ।
न्याट दिएका विद्यार्थीलाई जापान जान सजिलो हुने सेन्ट्रल कलेज अफ भोकेशनल टेनिङ प्रा।लि का प्रिन्सिपल यज्ञ विलाश पौडेलले ले जानकारी दिए । उनले भने, यो न्याट परीक्षा दिएका विद्यार्थीलाई जापान जान सजिलो हुन्छ ।
न्याट टेष्ट परीक्षा जापानका युनिभर्सिटी, कलेज, स्कूल र इमिग्रेशन तथा एम्बेस्सीको मापदण्ड पुरा गर्न यो परीक्षा लिने गरिन्छ । यो परीक्षामा सेन्ट्रल कलेजले विगत १० बर्षदेखि विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।