चितवन । चितवनको क्षेत्र नं २ मा नेपाली कांग्रेस चितवनका निर्वतमान सभापति जितनारायण श्रेष्ठको दावी रहने भएको छ ।
मंसिर ४ गते एकै चरणमा हुने निर्वाचनमा संघीय तर्फ आफनो दावी रहने श्रेष्ठले बताएका हुन् ।
चितवन प्रेससँग कुरागर्दै उनले आफु आगामि निर्वाचनको तयारीमा जुटिसकेको बताए । उनले भने, ‘म आफै चितवन क्षेत्र नं २ मा उमेदवारी दिने तयारी गर्दै छु, म संघीय सांसदमा दावी गर्छु ।’