चितवन । खैरहनीका विभिन्न क्याम्पसमा लगाइएको ताला खोल्न अनेरास्वविय्ले दबाब दिएको छ । अनेरास्ववियु नगर कमिटी खैरहनीले विभिन्न संगठनले खैरहनीका विभिन्न क्याम्पसमा ताला लगाएको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘राजनीतिक प्रतिशोधको आधारमा शैक्षिक संस्थाहरुमा गरिएको तालाबन्दीले विद्यार्थीको भविष्यमाथि गम्भीर खेलवाड भएको छ’ अनेरास्ववियु खैरहनी नगर कमिटी अध्यक्ष पवन रैलाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा विद्यार्थीको अध्ययन गर्न पाउने अधिकार कुन्ठित नगर्न आग्रह गरिएको छ । विज्ञप्तिमा रामपुर खैरहनी क्याम्पस, भुवानीशंकर क्याम्पसको ताला तत्काल खोल्न माग गरिएको छ ।