चितवन । सामाजिक सञ्जालमा सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।
विगत केही समययता सामाजिक सञ्जाल मार्फत अनधिकृतरुपमा प्रवेश गरी फेसबुक म्यासेन्जरमा रहेका व्यक्तिहरुलाई विभिन्न बहाना बनाएर इसेवा, खल्तीलगायतका मोबाइल वालेटमा रकम पठाउन लगाएको गुनासो आउन थालेपछि प्रहरीले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको हो ।