चितवन । चितवन प्रहरीले नारायणगढको लीलाचोकबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी गस्ती टोलीले भरतपुर महानगरपालिका वडा नं १ लीलाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका वडा नं १ बस्ने वर्ष २५ का विष्णु केसी र वडा नं २ बस्ने वर्ष २७ को आशिष चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । उनीहरुको साथबाट लागुऔषध डाईजेपाम ७१ एम्पुल, प्रोमोताइजेन ७५ एम्पुल र नफिम ७१ एम्पुल गरी जम्मा २१७ एम्पुल फेला परेको प्रहरीको भनाइ छ ।
चितवन जिल्ला अतालतबाट लागूऔषध मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।