चितवन । चितवनका राजनीतिक दलद्धारा एमसीसी खारेजका लागि श्वेतपत्र जारी गर्ने निर्णय गरेका छन । आज (आइतबार) ९ राजनीतिक दलले वक्तव्य जारी गर्दै कार्यनैतीक मोर्चाको बैठकले यस्तो निर्णय गरेको जानकारी दिएको हो ।
बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई खारेजी स्तरमै लैजान पहल गर्ने निर्णय पनि गरेको जारी वक्तव्य उल्लेख छ । मोर्चाले एमसीसी खारेज अभियानलाई साथ दिन सबै संघ, संस्था, वुद्धिजिवि तथा सरोकारवालाहरुलाई आग्रह पनि गरेको छ ।
वक्तव्यमा नेकपा चितवनका सेक्रेटरी मिनप्रसाद, नेकपा (क्रान्तिकारी माओवादी) चितवन सेक्रेटरी, अशोक शर्मा, नेकपा (माले) चितवनका सचिव कृष्ण गौतम, नेकपा चितवनका केद्रीय सदस्य बद्रीनाथ अधिकारी, राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरी, देशभक्त जनगणतान्त्रिक मोर्चा चितवनका अध्यक्ष बाबुराम प्यासी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य लछुराम विक र अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले हस्ताक्षर रहेको छ ।