काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने बताएका छन् ।
उनले आफूलाई विगत तीन सातादेखि वरिष्ठ उपाध्यक्षले काम गर्ने वातावरण नदिएका कारण राजीनामा दिन लागेको बताएका छन् ।
अलमुताइरी नेपाल आएको लामो समय भएको छैन । उनले आफ्नो फेसबुकमार्फत आफू राजीनामा दिन एन्फा जाने बताएका छन् ।
उनले लेखेका छन्, “विगत तीन सातादेखि मलाई वरिष्ठ उपाध्यक्षले काम गर्ने कुरामा सहज वातावरण दिएका छैनन् । त्यसैले मैले राजीनामा दिने निर्णय गरेको छु ।”
अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले प्रशिक्षकको रुपमा बोलाएको हो । उनी एक वर्षका लागि नेपाल आएका हुन् । अलमुताइरी नेपाली टोलीमा प्रो–लाइसेन्सप्राप्त पहिलो प्रशिक्षक हुन् ।