बुटवल । पाल्पामा आज बेलुकी ५ बजे बस दुर्घटना हुँदा ६ जना यात्रुको ज्यान गएको छ । मृतकको सनाखत हुन बाँकी छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भएको हो ।
दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । १६ जना घाइतेको तानसेन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीको भनाइ छ ।