चितवन। भरतपुर अस्पतालले स्वास्थ्य परीक्षणको लागि आउने सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरेको छ । अस्पताल विकास समितिको निर्णयले आज (आइतबार) बाट यो सेवा सुरु गरेको हो ।
यसअघि भरतपुर अस्पतालमा ओपिडी टिकटको ३० रुपैयाँ शुल्क लिँइदै आएको थियो । सबै बिरामीका लागि नेपालमै पहिलोपटक भरतपुरमा सुरु भएको अस्पताल प्रशासनले जनाएको छ।