चितवन । बुद्धिजीवि संगठन रत्ननगरको अध्यक्षमा गोविन्द खनाल चयन भएका छन्।
रत्ननगरमा आज(शनिवार) सम्पन्न बुद्धिजीवीहरुको भेलाले खनाल अध्यक्ष रहेको २९ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
संगठनको अध्यक्षमा खनाल रहेको कमिटीको उपाध्यक्षमा टीकाप्रसाद ढकाल, भूवनसिंह थापा, गोकर्ण ढकाल, सचिवमा कृष्णप्रसाद पराजुली, सहसचिवमा डिल्लीराम पोखरेल, देबेन्द्र विक,टंक खनाल र कोषाध्यक्षमा राधिका तिमिल्सिना चयन भएका छन् ।
नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सचिवालय सदस्य तथा नगर इन्चार्ज समेत रहेका राजु अम्गाई (सुबोध) प्रमुख अतिथि रहेको कार्यक्रममा बुद्धिजिवी संगठनका जिल्ला संयोजक प्रा.डा.आइपी ढकाल, पार्टीका नगर अध्यक्ष श्याम बराल, बुद्धिजिवीका केन्द्रीय सदस्य विनोद तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।