चितवन। बाघ राख्न खोरको अभाव भएसँगै चितवन राष्ट्रिय निकुञ्जले नयाँ खोर निर्माण गरेको छ । नरभक्षी बाघ नियन्त्रणपछि आनीबानीमा सुधार ल्याउन निकुञ्जले कसरामा खोर निर्माण गरेको हो ।
चितवनमा बाघले मान्छेमाथि आक्रमण गर्ने शिलशिला बढेसँगै नयाँ खोर निमार्ण गर्नुपर्ने बाध्यता थियो । निकुञ्जमा खोरको अभाव थियो । यसअघि कसरामा दुईवटा खोर थियो ।
जसमा एउटा चितवनमै नियन्त्रणमा लिइएको नरभक्षी बाघ र अर्को बाँकेबाट ल्याएको बाघ राखिएको थियो।
चितवन निकुञ्जमा हाल नरभक्षी बाघमात्रै तीनवटाछन् । ती सबैले मान्छे खाएका हुन् ।
निकुञ्जलाई बाघ नियन्त्रणमा लिएपछि राख्ने ठाउँको अभावले चिन्ता हुन लागेको थियो । बाघलाई नियन्त्रणमा लिएरमात्र नहुने त्यसलाई व्यवस्थापन गर्न खोरको अभावले कठिन हुने निकुञ्जले बताउँदै आएको थियो । गत आर्थिक बर्षमात्र बाघले मान्छे खाएको १६ वटा घटनामा मानिसले ज्यान गुमाउनु परेको थियो ।
सौराहामा तीनवटामात्रै खोर रहेकोले निकुञ्जलाई थप बाघ नियन्त्रणमा लिएको खण्डमा राखने ठाउँको अभाव थियो । अहिले नयाँ खोर निमार्ण भएसँगै दुईवटा थप बाघ नियन्णमा लिए राख्न सकिने भएको निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
निकुञ्ज आसपासका सर्वसाधरण बाघको शिकार हुन थालेसँगै निकुञ्जलाई बाघ नियन्त्रण लिन चर्को दबाब थियो ।
सौराहामा तीनवटामात्रै खोर रहेकोले निकुञ्जलाई थप बाघ नियन्त्रणमा लिएको खण्डमा राखने ठाउँको अभाव थियो । अहिले नयाँ खोर निमार्ण भएसँगै दुईवटा थप बाघ नियन्णमा लिए राख्न सकिने भएको निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार संघीय सरकारको वन मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज आयोजनाबाट ४० लाख रूपैयाँ बजेटमा चारकोठे खोर निर्माण गरिएको हो । ४० लाख बजेट भएपनि केबल २५ लाखको काम सम्पन्न भएको निकुञ्जले बताएको छ ।
निकुञ्जमा भएका तीनवटा खोरमध्ये कसराको एउटा खोर पुरानो भएकोले जीर्ण भइसकेको छ । त्यस ,जीर्ण खोरमा समेत अहिले बाघ राख्नु पर्ने अबस्था छ ।
गत आर्थिक वर्षमा सुरू भएको खोर निर्माण कार्यले यहीँ असारमा पूर्णता पाएको हो । चार कोठा निर्माण गरे पनि दुईवटा बाघमात्रै राख्न सकिने निकुञ्जको भनाइ छ ।