चितवन । चितवनको माडीमा धान तथा अन्य बालीमा देखिएको रोग पहिचान गर्न शिविर सञ्चालन हुने भएको छ ।
शिविर साउन ८ गते आइतबार माडी नगरपालिका, वडा नम्बर ३ कार्यालय वसन्तपुरमा हुन लागेको हो ।
कृषि ज्ञान केन्द्र, भरतपुर चितवनको आयोजना र माडी नगरपालिका कृषि शाखाको सहजीकरणमा बालीमा देखिएको रोगको उपचार एवं बिषादि उपलब्ध गराउन शिविर सञ्चालन हुने भएको हो ।
शिविरमा कृषकको समस्या समाधानको लागि प्राविधिक सुझावको साथै बिषादी पनि उपलब्ध गराइने हुनाले माडी क्षेत्र वरपरका कृषकहरुलाई आफ्नो बालीमा देखिएको समस्याको नमुना लिएर सहभागी हुन माडी नगरपालिकाले अनुरोध गरेको छ ।