चितवन । चितवनबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चितवनबाट गत वर्षको तुलनामा वैदेशिक रोजगारमा जानेको संख्यामा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७७-७८ को साउनदेखि पुस महिनासम्म चितवनबाट १ हजार ३३४ जनालाई वैदेशिक रोजगारीको लागि स्वीकृत प्रदान गरिएको थियो । आर्थिक वर्ष २०७८-७९ मा साउनदेखि पुससम्म चितवनबाट ६ हजार ४५२ जनालाई वैदेशिक रोजगारीको लागि स्वीकृत प्रदान गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७६-७७ को साउदेखि पुस महिनासम्म ६ हजार २०० जनाले चितवनबाट वैदेशिक रोजगारीको लागि स्वीकृत लिएका थिए ।