चितवन । चितवनमा विगत केही दिनदेखि दिनहुँ गर्मी बढिरहेको छ । चर्को घामसँगै पानी पर्न नसकेपछि दिनहुँ गर्मी बढिरहेको छ ।
भरतपुर विमानस्थलले जनाएअनुसार आज दिउँसो चितवनको तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ । दिउँसो साढे १२ बजेको तथ्यांकअनुसार यो वर्षकै धेरै गर्मी आज दिउँसो पुगेको हो ।