चितवन। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कार्यकारी निर्देशक डा देजकुमार गौतममाथि भएको आक्रमण प्रयासपछि माफी मागिएको छ ।
डा गौतममाथि बिहीबार दिउँसो उनकै कार्यकक्षमा हातपातको प्रयास भएको थियो । माफी मागेसँगै घटना सहमतिमा टुंगो लागेको छ ।
आज जिल्ला प्रशासन कार्यालय चितवनमा दुवै पक्षबीच सहमति भएको हो । यस्तो घटना नदोहो¥याउने शर्तमा सहमति गरिएको छ । सहमतिपत्रमा दुबै पक्षले हस्ताक्षर गरेका छन् ।