चितवन । चितवनको खैरहनीस्थित लदरी खोलामा चिप्लेर लडेकी महिलाको मृत्यु भएको छ । खैरहनी तुल्सीपुरस्थित लदरी खोलामा न्युरो टिप्न जाने क्रममा जिल्ला रत्ननगर १४ माधबपुर घर भई खैरहनी १ साहीचोक बस्ने वर्ष ३४ की कल्पना श्रेष्ठ रिजालको मृत्यु भएको छ ।
खोलाको डिलबाट चिप्ली लडि खोलाले बगाएको छ भन्ने खबर प्राप्त हुन साथ खेरहनीको प्रहरी टोली खटिएको थियो । उनको शव घटनास्थलभन्दा १० मिटर पर खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ ।