चितवन । कालिका नगरपालिकाले नगर क्षेत्रमा हुने बाढीबाट हुने प्रकोपलाई व्यवस्थापन गर्न ड्याम निर्माण गर्ने भएको छ ।
नगरपालिकामा पर्ने वुङखोलालाई थाङखोलामा डाइभर्सन गरी बाढीबाट हुने प्रकोप व्यवस्थित गर्न आवश्यक पर्ने डिपिआर निर्माण तथा डाइभर्सनबाट तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न ड्याम निर्माण गर्ने नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
त्यस्तै, नगर क्षेत्रभरी विपदका समयमा तत्काल उद्धार तथा राहत वितरणका लागि अति आवश्यक वस्तुहरु :–त्रिपाल, बाल्टि, खाना पकाउने भाँडा सेट जस्ता सामग्रीहरु खरिद गरी भण्डारण गर्ने तथा विपद्को पूर्व तयारीका लागि आवश्यक व्यस्था गर्नेे नगरपालिकाले जनाएको छ ।