चितवन । जीवन काडाँ कि फुल ? पकै जस्तो बनायो त्यस्तै बन्छ जीवन । जीवन सुन्दर अनि अमूल्य छ। यो मानव जीवनको बयान शब्दले अपुग हुन्छ। जसले जीवनलाई सुन्दर तरिकाले जिउन जान्दछ समाजमा ऊ अब्बल दर्जाका रुपमा परिचित हुन्छ ।
हाम्रो समाजमा बुढापाका भन्ने गर्छन् ‘पानी र जवानी कहिले फर्केर आउँदैन।’ यो भनाइ कुलतमा जीवन बर्बाद गर्नेहरुप्रति पनि लक्षित छ। कतिपय मानिस जीवनलाई राम्रोसँग जीउन नजानी कुलतमा फस्छन् । क्षणिक आनन्दकालागि कुलत खराब आनीबानी हो।
रत्ननगर ९ का बसन्त राना ‘मगर’ ७ बर्ष कतारमा हेल्थ केयर एण्ड सेफटी सम्बन्धी काम गरेर आफनो देश नेपाल फर्किए ।
नेपाल फर्कदा उनले धेरै युवा पुस्ता कुलतको दलदलमा फसेको देखे । क्षणिक आनन्दकालागि कुलतमा फसी आफ्नो भाइ भतिजाहरु जीवन बर्बाद गर्न तिर लागेको देखेर उनलाई पीडा भयो । उनले आफुले कतारमा हुँदा जानेको बुझेको ज्ञान र अनुभव अरुलाई सिकाउन र दिनसके केही युवा पुस्ताको भविष्य उज्यालो पार्न सकिन्छ भन्ने ठाने ।
बसन्तलाई लाग्यो, विशेषगरी अत्याधिक आकांक्षा बोक्ने युवायुवतीले लागुपदार्थको नकारात्मक असरबारे बुझ्न आवश्यक छ। त्यसो गर्दा उनीहरुले बल्ल कुलतको नशाबाट छुटकारा पाउँछन् । लागुपदार्थ तथा औषधि सेवनले व्यक्तिको केन्द्रीय स्नायू प्रणालीमा नकारात्मक असर पुर्याउँछ भन्ने राम्रोसँग बुझेका बसन्तले सोही कुरा अब आफनो टोल, गाँउका लागुपदार्थको कुलतमा फसेका भाइ भतिजालाई बुझाउनु थियो । उनले सोही गर्ने निधो गरे ।
बसन्त आफु स्वतन्त्र छन्, लागुपदार्थको कुलतबाट पनि राजनीतिबाट पनि । उनी भन्छन् , ‘आफू विदेशमा त्यत्रो ७/८ वर्ष बसेर नेपाल आए आफूले जानेको ज्ञान मेरो छरछिमेक, ईष्टमित्र र समाजमा दिन मैले सक्नुपर्छ मलाई समाजले धेरै थोक दिएको छ अब गुनासो नगरि समाजप्रति म एक जिम्मेवार नागरिक बन्ने छु ।’
बसन्तलाई लाग्छ आफुसँग भएको ज्ञान अरुलाई दिन नसके त्यो, ज्ञानको अर्थ छनै । उनी भन्छन्, ‘मरेर ज्ञान लान पाइदैन बाडेरै जाने हो ।’
राजनीतिबाट स्वतन्त्र रहेका बसन्तलाई सामाजिक कार्यकालागि एउटा संस्था चाहिँ आवश्यक पर्छ भन्ने लाग्यो । उनले साथीभाइसँग मिलेर रत्नप्रिय क्लब गठन गरे । अहिले उनी यही क्लब मार्फत युवाहरुलाई लागुपदार्थ को कुलतबाट छुटकारा दिलाउने उदेश्यका साथ विभिन्न स्थानमा ज्ञानमुलक कार्यक्रमहरु संचालन गर्छन्।
मैले कार्यक्रमहरु संचालन गर्दा धेरै ठाँउमा कुन पार्टीबाट आएको भन्नुहुन्छ । उहाँहरुलाई पार्टी बाहेक अरुले कार्यक्रम नै गर्दैनन् भन्ने छाप छ । तर बिडम्बना राजनीतिक दललाई युवाको भविष्यप्रति चिन्ता छैन । अहिलेसम्म कुनै राजनीतिक दलले लागुपदार्थ दुर्व्यसन सम्बन्धी कार्यक्रम गरेको मलाई जानकारी छनै ।
राजनीतिबाट अलगै रहेतापनि बसन्तलाई राजनितिको समाजमा भएको छापले वाक्क बनाएको रहेछ । उनी भन्छन् , ‘मैले कार्यक्रमहरु संचालन गर्दा धेरै ठाँउमा कुन पार्टीबाट आएको भन्नुहुन्छ । उहाँहरुलाई पार्टी बाहेक अरुले कार्यक्रम नै गर्दैनन् भन्ने छाप छ । तर बिडम्बना राजनीतिक दललाई युवाको भविष्यप्रति चिन्ता छैन । अहिलेसम्म कुनै राजनीतिक दलले लागुपदार्थ दुर्व्यसन सम्बन्धी कार्यक्रम गरेको मलाई जानकारी छनै ।’
उनलाई समाजमा भएको राजनीतिक नकारात्मक बुझाईले कहिले काहीँ निराश बनाउँछ । उनी भन्छन् ,”कस्तो छाप भैसकेको छ भने, हाम्रो समाजमा कुनै एउटा मान्छेले जुन सुकै उदेश्यले राम्रो काम ल्याए पनि कुन राजनीति दलको हो? कुन पार्टी को हो? आफ्नो पार्टीको हो कि हैन, विपरीत पार्टी को हो कि? के किसिम ले उसले कार्यक्रम गर्न लागेको हो ? उसले आउलेखाउले बनाउन खोजेको हो कि ? भन्ने कुरा एउटा मानसिकता हाम्रो समाजमा बसिसकेको छ। तर, म निराशा र समाजको नकारात्मक छापलाई चिर्दै एउटा उदाहारण बन्न चाहान्छु । आफु राजनीतिको दलदलबाट मुक्त भएको हुनाले एउटा क्लबको माध्यमबाट आफूले जानेको सीप दिन खोजेको हुँ त्यसै गर्छु ।”