काठमाडौं । देशभरि कोरोना सङ्क्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने २ हजार ९ सय ३६ जना संक्रमित भएका छन ।
९ हजार ६ सय १३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ६ जना तथा ४ हजार ५ सय ६९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ सय ३० जना गरी जम्मा २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरबाट गएको २४ घण्टामा १ हजार ७ सय ७५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ५ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।