चितवन । चितवन मेडिकल कलेजमा पिभीटी ( कलजेमा जाने रगतको नलीमा रगत प्रवाह अवरुद्ध हुने) भएका बिरामीमा कलेजो प्रत्यारोपण गरिएको छ । ९ बर्षदेखि कलेजो रोगबाट पीडित भई उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेज आएका जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा नम्बर ९ का ४७ बर्षिय भरतविक्रम शाहीको असार १८ गते झण्डैं १५ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण भएको अस्पतालले जानकारी दिएको छ ।
शाहीकी श्रीमती ४८ बर्षकी कमलादेवी शाहीले श्रीमानलाई कलेजो प्रदान गरेकी थिइन । नेपालमै पहिलोपटक जटिल कलेजो प्रत्यारोपण गर्न सफल भएको अस्पतालले जनाएको छ ।
आज अस्पताल मा पत्रकार सम्मलेनगरी यसबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले अघिल्लो कलेजो प्रत्यारोपण नेपालमै पहिलोपटक जटि कलेजो प्रत्यारोपण भएको दाबी गरे ।
‘यो एकप्रकारको कम्लिकेटेड कलेजो प्रत्यारोपण हो , देवकोटाले भने, यो पटक पिभिटी बिरामी भएकोे विरामीमा ट्रान्सप्लान्ट गरेका छौं । नेपालमा हालसम्म कतै गरिएको रेकर्ड छैन ।’ उनका अनुसार यस्ता बिरामीको कलेजोमा रगत प्रवाह बन्द हुने यो शल्यक्रिया गर्न थप जोखिम र चुनौति हुन्छ । कलेजो कामनै नलाग्ने भएपछि श्रीमतीको ६० प्रतिशत कलेजो झिकेर श्रीमानलाई प्रत्यारोपण गरिएको थियो । अघिल्लो कलेजो प्रत्यारोपणमा ३ युनिट रगत खर्च भएपनि पिभिटी भएका शाहीको कलेजो प्रत्यारोपणमा १३ युनिट रगत खर्च भएको थियो ।
प्रत्यारोपणका लागि कलेजका विषेशज्ञ चिकित्सक डा. सञ्जय कुमार यादव, डा. एकानन्द सिंह, डा. जयन्त कुमार शाह हेपाटोलोजी डा. सागर पौडेल, डा. बरुण श्रेष्ठ ब्लभकतजभकष्ब ७ ऋचष्तष्अब िऋबचभ डा. किरण अधिकारी,झण्डै दुईदर्जन बिशेषज्ञ, चिकित्सक स्वास्थ्यकर्मीको टीमको सहभागिता रहेको थियो । शल्यक्रियालाई थप सहज बनाउन प्रत्यारोपणमा भारतबाट चिकित्सकहरु डा. निरभ गोयलको टिम समेत संलग्नता रहेको थियो ।
कलेजो दाता श्रीमती शाहीको स्वास्थ्यमा सुधार आए पछि श्रीमतीलाई असार २७ गते नै अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । श्रीमान भरतबिक्रम शाहीको अवस्था राम्रो हुँदै गैरहेको छ । ‘अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत डिस्चार्ज गर्न सकिने अवस्था छ ।’ उपचारमा संलग्न चिकित्सक बिशेषज्ञ डा सञ्जय यादवले भने । २ देखि ३ महिनामा दुबै जनामा कलेजोको अवस्थामा बृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउँने संलग्न चिकित्सक बिशेषज्ञले बताए । हाल यो प्रत्यारोपण गर्न सबै खर्चगरी २५ लाख लाग्ने देवकोटाले बताए । पछिल्लो समय खानपानका कारण कलेजो प्रत्यारोपण गर्न पर्ने बिरामी दैनिक ६ देखि ७ जना आउने र कलेजोको अन्य बिरामी दैनिक १५ जनासम्म आउने गरेको अर्का चिकित्सक डा. शारदा पौडेलले बताए ।