काठमाडौं । जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । मंगलबार काठमाडौंस्थित जापानी राजदूतावासले एक प्रेस विज्ञप्तिमार्फत कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउन लागेको जानकारी दिएको हो ।
दूतावासको विज्ञप्तिमा जनाइएअनुसार जापानका विदेशममन्त्री मोटेगी तोशिमित्सुले आजै नेपाललाई खोप दिने घोषणा गरेका थिए ।
खोप नेपाल कहिले ल्याउने भन्नेबारे भने खुलाइएको छैन । अन्तर्राष्ट्रिय सङ्गठनसँगको खरिद सम्झौता पूरा भएपछि खोप आउने तालिका सार्वजनिक गरिने दूतावासले जनाएको छ ।