चितवन । भरतपुर १९ मा सेफ्टी टंकी सफा गर्नेक्रममा खसेर दुई जनाको मृत्यु भएको छ ।
बुधबार बेलुकी ६ः३० बजेको समयमा भरतपुर १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरको सेफ्टी टंकी सफा गर्ने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ बस्ने २४ वर्षीय छतिराम थारु र सोही ठाउँका वर्ष २३ को राम चौधरीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
छतिराम चिप्लिएर टंकीमा खसेपछि उनलाई निकाल्न राम टंकीमा हामफालेका थिए । दुबै जनाको टंकीभित्र निस्सासिएर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुवैको शव पोस्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।