काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल र अमेरिकाले दिएको जोन्सन खोप दिन आजदेखि सुरु गर्ने भएको छ । जन्सेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । यस्तै, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीहरूलाई उक्त खोप दिइनेछ ।
यस्तै भेरोसेल खोप ५५ वर्षमाथिका खोप लगाउन छुटेका नागरिक, विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई दिइनेछ । त्यस्तै सार्वजनिक यातायातका चालक, सहचालक, तथा खोप अनिवार्य गरेका मुलुकमा जान लागेका नागरिक र नेपाल सरकारले तोकका अतयावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकलाई पनि भोलिदेखि नै खोप दिइने छ ।
उनीहरूलाई उमेर खुल्ने परिचयपत्र, सम्बन्धित संघ संस्था, विदेश जान लागेकालाई पासपोर्ट तथा भिसाका आधारमा खोप दिइने विभागले जनाएको छ ।