काठमाडाैं। नेकपा एमालेका नेता घनश्याम भुसालमाथि कारबाहीको सिफारिस भएको छ । एमाले अनुशासन आयोगले उनलाई कारबाही सिफारिस भएको हो ।
एमालेमा वैचारिक नेता मानिने भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकै कारण कारबाही सिफारिस भएको पार्टीका एक नेताले बताए । अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठकले पार्टीको विधानविपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरिएको पुष्टि गरे ।
भुसालले स्थानीय तहको चुनावमा एमालेको कमजोर प्रदर्शनमा ओलीलाई दोषी देखाएका छन् । उनले एक टेलिभिजन अन्तरवार्तामार्फत ओलीले राजीनामा दिनुपर्ने समेत जिकिर गरेका थिए ।
आयोगको सिफारिसबारे निर्णय भने पार्टी कमिटीले गर्नेछ । पार्टी स्रोतका अनुसार नेता भीम रावल पनि नोटिसमा रहेका छन् । पार्टी विभाजन हुनुअघि माधव नेपाल निकट मानिने उनीहरुले ओलीको कार्यशैलीको आलोचना गर्दै आएका छन् ।