चितवन । चितवन मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका एक जना र चितवन बाहिर जिल्लाका एक जनाको कोरोना संक्रमणका कारण निधन भएको हो । मृतक दुवै जनाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।