काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजीका लागि दिइएको निवेदन नै खारेजी भएको छ ।
निर्वाचन आयोगमा पूर्वमाओवादी केन्द्रका नेताहरुले पार्टी खारेजीको माग गर्दै निवेदन दिएका थिए ।
आयोग स्रोतका अनुसार आयोग बैठकले अहिले माओवादी केन्द्र खारेजीको माग औचित्यपूर्ण नरहेको निष्कर्ष निकाल्दै खारेज गर्नुपर्ने अवस्था नरहेको निर्णय गरेको हाे ।
“त्यसैले पत्र नै खारेज गर्ने निर्णय भएको छ,” एक पदाधिकारीले भने ।