चितवन । चितवनको खैरहनी नगरपालिकामा नेपाली कांग्रेसले मेयर जितेपछि भएको विजय जुलुसमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराइएन ।
खैरहनीमा गठबन्धनबाट नेपाली कांग्रेसका शशी खनियाँ मेयरमा निर्वाचित भएका थिए । नेपाली कांग्रेस खैरहनी नगर कमिटिले आयोजना गरेको विजय जुलुसमा गठबन्धनका माओवादी केन्द्रलगायत एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चालाई सहभागी गराइएन । विजय जुलुसमा नेपाली कांग्रेसका कार्यकर्तामात्र थिए ।
जितेकै दिनदेखि आफुहरुलाई नेपाली कांगेसले भेदभाव गर्न थाल्यो, एक्लै जितेको जस्तो दम्भ देखायो ‘ अध्यक्ष पोखरेलले भने, “माओवादी केन्द्रको भोटलाई मेयर पद र वडाध्यक्ष पदको सिढी बनाएर चडेको नेपाली कांग्रेस गठबन्धनप्रति इमान्दार देखिएन।
नेकपा माओवादीकेन्द्र खैरहनीका अध्यक्ष रामेश्रवर पोखरेलले माओवादी केन्द्रलाई खबरै नगरी कांग्रेसले मात्र विजयी जुलुस मनाएको बताए । उनले भने, ‘कांग्रेस नगर सभापतीले विजय जुलुसमा आफना कार्यकर्तालाईमात्र सहभागी हुन आह्वान गरे, माओवादी केन्द्रलगायत गठबन्धनका अन्य दललाई सूचनासम्म दिएनन् ।’ उनले माओवादी केन्द्रकै भोट खाएर शशी खनियाँ मेयरमा निर्वाचित भएको बताए । खनियाँ जम्मा ८५० मतले मात्र विजय भएका थिए ।
‘जितेकै दिनदेखि आफुहरुलाई नेपाली कांगेसले भेदभाव गर्न थाल्यो, एक्लै जितेको जस्तो दम्भ देखायो’ अध्यक्ष पोखरेलले भने, ‘माओवादी केन्द्रको भोटलाई मेयर पद र वडाध्यक्ष पदको सिढी बनाएर चडेको नेपाली कांग्रेस गठबन्धनप्रति इमान्दार देखिएन।’
उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रको उपमेयर पदकी उमेदवार लक्ष्मी ढकाल पराजित भएकी थिइन् । खैरहनी उपमेयरमा नेकपा एमालेबाट उपमेयर पदकी उमेदवार कविता उप्रेती निर्वाचित भइन् ।