चितवन । भरतपुर महानगरको मतगणना जारी छ । महानगरको पछिल्लो मत परिणाम अनुसार मेयरमा प्रतिश्पर्धा रोचक बन्दै गएको छ ।
महानगरको मेयरको मैदानमा उत्रिएका तीन दलका उमेदवार गठबन्धन तफबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी र स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको प्रतिश्पर्धा कडा बन्दै गएको छ । अहिलेसम्मको मत परिणाम अनुसार रेनु १७१२ मतले अघि छिन् ।
भरतपुरमा ६ वटा वडाको मत गणना सकिँदा भुइँकटहर चिह्नका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले राम्रै मत प्राप्त गरेका छन् । गठबन्धनकी उमेदवार रेनु दाहालले आफुले सोचेभन्दा बढी मत भुइँकटहरले प्राप्त गरेको प्रतिक्रिया दिदैँ आएकी छिन् । तर, भुइँकटहरले राम्रो मत प्राप्त गर्दै गर्दा मूख्य प्रतिश्पर्धामा गठबन्धनबाट मेयरलाई फाइदा पुगेको देखिन्छ ।
एमालेका नेता देवी ज्ञवालीले पनि आफुले पहिले प्राप्त गरेको कांग्रेस कार्यकर्ताको मत यसपटक जगन्नाथ पौडेलले प्राप्त गर्दा एमालेलाई क्षति पुगेको बताउँछन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले भरतपुर ६ को मत गणना सकिँदा ४ हजार ५०४ मत प्राप्त गरेका छन् । उनले प्राप्त गरेको यो मत अनपेक्षित रहेको दलका नेता तथा कार्यकताहरु बताउँछन् । उनी रुष्ट चितवन कांग्रेसका कार्यकर्ताको पीर बिसाउने चौतारी भएको राजनीतिक विश्लेषकको ठम्याइ छ ।
बागी उमेदवारीकै कारण गठबन्धनलाई घाटा लाग्ने आँकलन गरिएको भरतपुरमा बागीकै कारण गठबन्धलाइ फाइदा मिलेको देखिन्छ ।
गठबन्धलाइ भरतपुरको राजनीति नेपाली उखान ‘घिउ कहाँ पोख्यो, भागैमा !’ भनेजस्तो भएको छ ।