चितवन । गैँडाकोट नगरपालिका नेपाली कांग्रेसका नेता शंशाक कोइरालाको क्षेत्रमा पर्छ । गैँडाकोट नेपाली कांग्रेसको गढ हो। २०७४ सालमा कांग्रेसको गढ एमालेका नेता छत्रराज पौडेलले भत्काइदिएका थिए । कांग्रेसको विरासत तोडेका छत्रराज भने अहिले चिप्लिए । कांग्रेसले विरासत लिएरै छोड्यो ।
कहिल्यै एमालेले नजितेको ठाउँमा छत्रराजले २०७४ सालको स्थानीय तहको चुनावमा बाजी मारेका थिए । कांग्रेस चोकमा समेत एमालेले जितको थियो त्यो बेलामा । अहिले छत्रराज चिप्लिएका छन् ।
गैँडाकोट नगरपालिकाको मेयरमा गठबन्धनबाट मदनभक्त अधिकारी निर्वाचित भएका छन् । उपप्रमुखमा काँग्रेसकै शान्ति कोइराला विजयी भएका हुन् । नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार मदनभक्त अधिकारीले १६ हजार ४५५ मत प्राप्त निर्वाचित भएका हुन् । अधिकारीका निकतम प्रतिद्वन्दी नेकपा एमालेका छत्रराज पौडेलले १३ हजार ६०६ मत प्राप्त गरे ।
त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी शान्ति कोइराला निर्वाचित भएकाी छिन् । उनले १६११४ मत प्राप्त गरे भने राप्रपाका तुलाराम पौडेलले ८६४० मत प्राप्त गरे । अघि स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेका वडा मध्ये गैँडाकोट ६ र १२ नेकपा एमालेले जितेको छ । यस अघि नेकपा एमालेले जितेका वडा मध्ये गैँडाकोट २, ५ र ९ नेपाली काँग्रेसले जितेको छ ।