चितवन । माडी नगरपालिकाको बागडोर तारा कुमारी काजी महतोले सम्हाल्ने निश्चित जस्तो भएको छ । यसअघि माडीमा ५ वर्ष उपमेयरको जिम्मेवारी लिएर असल काम गरेबापत् फेरि ताराकाजीलाई माडीवासीले मेयरको जिम्मेवारी सुम्पेका छन् । माडीमा उनले मेयर जित्ने निश्चित भएको छ, यद्यपी निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छैन ।
माडी वसन्तपुरकी ताराकाजी थारु समुदायबाट सामाजिक काम गर्दै राजनीतिमा होमिएकी हुन् । पाँच वर्ष उनले माडीमा बसेर उपमेयरको जिम्मेवारी लिँदै गर्दा उनीप्रति कुनै माडीवासीले आलोचनासमेत गरेनन् । माडीवासी भन्ने गर्थे जनप्रतिनिधि त ‘ताराकाजी’जस्तो हुनुपर्छ । सबैसँग मीठो वचन बोल्ने, भुइँमान्छेहरुको दुःख बुझ्ने, सबैसँग समान व्यवहार गर्ने, जनताको काम जुनसुकै समयमा जस्तोसुकै बेला पनि सम्पन्न गर्न लागिपर्ने ताराकाजीको मेयर बनेसँगै चुलिएको हाइटले उनलाई थप जिम्मेवारी दिएको छ । अझ माडीवासीको विकासमा लाग्न थप प्रेरणा दिएको छ ।
माडीमा नेकपा एमालेलाई यसपटक नराम्रो धक्का लागेको छ । धेरै वडामा एमालेले पराजय भोगेको छ । राममन्दिर भएकै वडामा एमालेले हारेको छ । तर मेयरमा ताराकाजीले भारी मतले जित्ने लगभग पक्का छ । यो जित उनको व्यक्तिगत क्षमताले नै दिलाएको हो । उनले नगरवासीमा गरेको विकास र नगरवासीप्रति देखाएको मायाले ताराकाजीको हाइट थप चुलिएको माडीवासीको भनाइ छ । ताराकाजीको ठाउँमा एमालेले अरु कुनै उमेदवार उठाएको भए हार निश्चित थियो । ताराकाजीकै हाइटले माडीमा एमालेले मेयर जित्ने लगभग निश्चित भएको छ । माडी चितवन क्षेत्र नं ३ मा पर्छ । क्षेत्र नं ३ भनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र पर्छ ।
यो जित उनको व्यक्तिगत क्षमताले नै दिलाएको हो । उनले नगरवासीमा गरेको विकास र नगरवासीप्रति देखाएको मायाले ताराकाजीको हाइट थप चुलिएको माडीवासीको भनाइ छ । ताराकाजीको ठाउँमा एमालेले अरु कुनै उमेदवार उठाएको भए हार निश्चित थियो । ताराकाजीकै हाइटले माडीमा एमालेले मेयर जित्ने लगभग निश्चित भएको छ ।
२०७४ सालमा उपमेयर हुनुअघि ताराकाजी माडीको वडा सचिव थिइन् । पार्टीले टिकट दिने भएपछि उनले खाइपाई आएको जागिर छाड्न आनाकानी पनि गरेकी थिइन् । पार्टीले तपाइँबाहेक अरु उठे उपमेयर पनि गुम्छ भनेपछि २०७४ वैशाख १७ गते माडीको वडा सचिवबाट राजीनामा दिँदै ताराकुमारी काजी उपमेयरमा उठेकी हुन् । २०७४ मा उपमेयरमा ताराकाजीले ४ हजार ६९० मत ल्याएर जितेकी हुन् ।
४८ वर्षीया ताराकाजी भारी मतले त्यतिबेला उपमेयरमा जितिन् । यसपटक मेयरमा जित्ने लगभग पक्का छ ।
ताराकुमारी काजी महतोको घर माडी–३ वसन्तपुरमा पर्छ। प्लस टु पास गरेकी उनको दुई छोरी छन् । श्रीमान् जयराम महतो शिक्षक हुन् । एसएलसीपछि २० वर्षमा बिहे भएको थियो उनको । छोरी जन्मेपछि कष्टले प्लस टु गरेको अनुभव उनी सुनाउँछिन्। २०६१ सालमा जागिर खान सुरु गरिन् । युनिसेफमा बालबालिकासम्बन्धी परियोजनामा जागिर खाइन्। उनले २०६३ सालमा साविक बघौडा गाविसको कार्यालय सहायकको जागिर पनि खाइन् ।
माडी नगरपालिका बनेपछि वडा नम्बर ३, ४, ५ को वडा सचिव बनिन् । वडा सचिव हुँदै गर्दा स्थानीय निकायको निर्वाचन आयो । पार्टीले उपमेयरको टिकट दियो । राजीनामा दिएर राजनीतिमा होमिइन् । उपमेयर जितेपछि अहिले पार्टीले मेयरको टिकट दियो । माडीमा एमाले बढारिँदा उनले मेयर जित्ने लगभग पक्का भइसकेको छ । ‘माडीको मुहार फेर्नको लागि फेरि एकपटक माडीवासीले विश्वास गरेका छन्, त्यो विश्वास पूरा गर्छु’ उनले भनिन् ।