चितवन । माडी नगरपालिकामा वडा नं. १ बाट सुरू भएको छ। मतगणनाको पहिलो २०० गणनामा बाम लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको छ । नगरप्रमुखमा गठबन्धनका उम्मेदवार, नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेले ८९ र एमाले-राप्रपा गठबन्धनका उम्मेदवार, नेकपा एमालेका ताराकुमारी काजी महतोले ८२ मत पाएकी छन् ।
त्यसैगरी नगर उपप्रमुखमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार, नेपाली काँग्रेसका खेम प्रसाद महतोले १००, एमाले-राप्रपा गठबन्धनका उम्मेदवार, राप्रपाका मदन पौडेलले १८ र स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद पौडेलले ३८ मत पाएका छन् ।
वडाध्यक्षतर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार, नेपाली काँग्रेसका जीवन गुरौले ८९ र राप्रपाका अमित लामाले ७५ तथा एमालेका टिकाराम सुवेदीले ५ मत पाएको माडीबाट पत्रकार अपेक्षा चौधरीले बताएकी छन्।
माडी नगरपालिकामा गठबन्धनको अग्रता
माडी नगरपालिकामा गठबन्धनको अग्रता
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु