काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले एक एक पाइला फाउन्डेशनलाई २० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् । कोविड १९ को महामारी रोकथाम तथा नियन्त्रणको लागि बीएपीएस यूकेको सहयोगमा उक्त सामाग्री उनले हस्तान्तरण गरेकी हुन् ।
एक एक पाइला नेपालमा स्वयंसेवकहरूको एक समूहको हाे । यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु रहेको जनाएको छ । हाल यसले थापाथली, काठमाडौंमा रहेको सिटी क्लिनिकमार्फत सेवा सञ्चालन गरिरहेको छ । एक एकपाइलामार्फत नियमित मेडिकल सुविधाहरूको अभाव हुने ठाउँमा औषधि र चिकित्सा उपकरणहरूको निःशुल्क वितरण गर्दै आएको जनाएको छ ।
सहयोग प्राप्त उक्त सामाग्री एक एकपाइलाको रहोबरमा रोल्पा जिल्ला अस्पताल, हुम्ला जिल्ला अस्पताल, रशुभजिल्ला अस्पताल, डोल्पा जिल्ला अस्पताल, बाग्लुङ बुर्तिवाङ प्राथमिक केन्द्र, बर्दिया कोविड हस्पिटल, गुल्मीकोविड हस्पिटल मालिका, सप्तरी कृति सामुदायिक अस्पाताल, बैतडी केशरपुरी प्राथमिक स्वास्थ्य केन्द्र, प्युठान विग्रीप्राथमिक स्वास्थ्य केन्द्र, कालिकोट रास्कोट अस्पताल,
तेह्रथुम फेदाद अस्पताल, मुगू रातापानी प्राथमिक स्वास्थ्य केन्द्र, धनकुटा डाडापानी प्राथमिक स्वास्थ्य केन्द्र, धनकुटा जितपुर प्राथमिक स्वास्थ्य केन्द्र, ओखलढुङा लिखु नगरपालिका, उदयपुर ताप्ली आधारभुत अस्पताल, बाजुरा खप्तड श्री स्वास्थ्य केन्द्र, ताप्लेजुङ् धुम्सा स्वास्थ्य केन्द्र, पूर्व रुकुम जिल्ला अस्पताललाई एक÷एक थान उपलब्ध गराउने जनाएको छ ।