काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सोमबार (आज) एक विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो ।
सरकारले संसद् विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो घोषणाअनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यस्तै कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘आयोगले अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन गर्नेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ,’ श्रेष्ठले भनेका छन् ।
पछिल्लो पटक सरकारले जेठ ८ गते संसद् विघटन गरेको थियो ।