चितवन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ पार्टी निर्णयको पक्षमा देखिएका छन् । केही दिन अगाडि सम्म काँग्रेस बाट विद्रोह गरि बागी उम्मेद्वार दिएका जगन्नाथ पौडेलको पक्षमा रहेको मानिएका केन्द्रीय सदस्य गुरुङ एकाएक गठबन्धनको पक्षमा देखिएपछि नेपाली काङ्ग्रेस चितवनका असन्तुष्ट समुह सम्हालीन थालेको छ ।
अघिल्लो स्थानिय तहको निर्वाचन २०७४ मा माओवादीलाई काङ्ग्रेसले सहयोग गरेको र अहिले काङ्ग्रेसलाई सहयोग गर्नुपर्ने भन्दै असन्तुष्ट वनेका काङ्ग्रेसी नेता कार्यकर्ता केन्द्रले तालमेल गरे संगै सम्हालीन लागेका हुन । उम्मेदवार तय नहुँदै काङ्ग्रेस चितवनले आफ्नो निर्णय गरेको भए पनि अहिले काङ्ग्रेस चितवन गठवन्धनबाट प्रमुखको उम्मेद्वार बन्नु भएकी रेनु दाहाललाई बिजयी वनाउन कम्मर कसेर लागेको
छ ।
त्यसो त आफ्नो पार्टीको उम्मेद्वार पाउने दाबी गर्दै आएको चितवन काँग्रेस नेतृत्वले उम्मेद्वार टुङ्गो नलाग्दा सम्म सहयोग गर्न नसक्ने बताउँदै आएको थियो । त्यसको नेतृत्व जिल्ला सभापति राजेश्वर खनाललेनै गरेका थिए । खनाल अहिले पनि भन्छन, हिजो हामीले प्रमुख पदको दाबी गरेको अवस्था थियो, हामी त्यसै भन्ने गर्दथ्यो तर, अहिले निर्णय भइसकेपछि गठबन्धनका सबै उम्मेद्वार एउटै हुन । उनले मञ्चहरुमा गठवन्धनलाई मतदान गर्न अपिल मात्रै गरेका छैनन् असन्तुष्ट पक्षलाई मूलधारमा फर्काएर र गठवन्धनलाई बिजयी गराउन पनि तल्लिन छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ यतिवेला प्रतिगमनको विरुद्ध उत्रनु पर्ने अवस्था आएको बताउँछन् र भन्छन, “केपि ओली सरकारको प्रतिगमनको बिरुद्ध, संविधान र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठवन्धनलाई निर्वाचित गराउन आवस्यक छ ।”