चितवन । जारी निशेधाज्ञाका कारण चितवनमा भएको रगतको अभावलाई केही हद सम्म पुर्ति गर्ने उद्देश्यले लायन्स क्लब अफ चितवन चौतारीको मुख्य आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । भरतपुर –४ हरिकृर्तन चोक लंकुमा आज (शनिवार) ५ महिला र ६९ जना पुरुष गरी ७४ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का गर्भनर लायन रामप्रसाद भट्ट प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य, डिष्ट्रिक सचिब प्रभाकर पण्डित, डिष्ट्रिक एक्जुकेटिभ चिफ सिद्धार्थलाल चुके,दिनानाथ न्यौपाने, नवराज सापकोटा, हरिप्रसाद घिमिरे लगायतका लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले परिणमामुखि थप मानवीय र सामाजिक कार्यमा संलग्न हुन उपस्थित लायन्सकर्मीहरुलाई आग्रह गनुभएको थियो ।
सोही अवसरमा बालबालिकाहरुमा हुने रक्त क्यान्सरको सचेतना सम्बन्धि कार्यक्रम समेत गरिएको थियो । डा निभा तिवारी र डा.बिबेक कंडेलले सो कार्यक्रममा सहजीकरण गनुभएको थियो । कार्यक्रममा चिकित्सकहरुले रक्त क्यान्सर बारेको भ्रम र यर्थातता एवं यसले पार्ने प्रभाव एवं उपचारात्मक अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिको आयोजना तथा लायन्स क्लब अफ आरोग्य,लायन्स क्लब अफ चितवन मालिका,लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट,लायन्स क्बल अफ लायन्स क्लब अफ चितवन स्पन्दन र लायन्स क्लब अफ भरतपुर स्याउली बजारको सह आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न थियो ।