चितवन । भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल बागी उमेदवार हालेपछि उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण अबको केहीबेरमा चितवन आउँदैछन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेवदार रेनु दाहालविरुद्ध नेपाली कांग्रेसबाट जगन्नाथ पौडेलले मनोनयन दर्ता गराएका छन् ।
गठवन्धनका शीर्ष नेताहरूको आजको वैठकले देशभरबाट बागी उम्मेदवारी फिर्ता गराउने निर्णय लिएको छ । यसैलाई कार्यान्वयन गराउने क्रममा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण भरतपुर आउँदै छन्। उनले त्यहाँ असन्तुष्ट कांग्रेस नेताकार्यकर्तालाई भेटेर फकाउने प्रयास गर्ने छन्। बागी उमेदवार पौडेललाई भेटेर गृहमन्त्री खाँणले उमेदवार फिर्ता लिन लगाउने स्रोतले जनाएको छ ।
सभापति शेरबहादुर देउवाको निर्देशनमा भरतपुर जान लागेको खाणले बताएका छन् । पार्टी सभापतिले तिमी चितवन जाऊ भनेपछि चितवनको लागि गृहमन्त्री निस्किसकेका स्रोतले बताएको छ ।