चितवन । चितवनमा उत्साहजनक रुपमा उमेदवारी दर्ता सम्पन्न भएको छ । भरतपुर महानगर सहित सात वटै पालिकामा मुख्य दलले प्रमुख उपप्रमुखसहित सबै वडाहरुमा उमेदवारी दर्ता गराएका छन् ।
चितवनको भरतपुर महानगरमा सत्त्ता गठबन्धन दलले संयुक्त रुपमा उमेदवारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट माओवादी नेतृ रेनु दाहालले उमेदवार दर्ता गराएकी छन् । त्यस्तै उपप्रमुखमा काग्रेसका चित्रसेन अधिकारीको उमेदवारी परेको छ । यसैगरी एमालेको तर्फबाट प्रमुखमा विजय सुवेदी उमेदवार बनेका छन् । एमालले राप्रपासँग तालमेलका लागि उमप्रमुख उठाएको छैन । राप्रपाले उपमेयरमा हिमाली गुरुङको उमेदवारी दर्ता गराएको छ। यद्यपी तालमेलको आधिकारिक घोषणा भने गरिएको छैन ।
चितवनकै रत्ननगरमा गठबन्धनको तर्फबाट कांग्रेसका प्रल्हाद सापकोटा र उपप्रमुखमा एकीकृत समाजवादीका बद्री घिमिरेले उमेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट प्रमुखमा बिमला दुवाडी र उपप्रमुखमा यादव पाठकले उमेदवार मनोनयन दर्ता गराएका छन् । त्यस्तै खैरहनीमा एमालेका लालमणि चौधरी प्रमुख र उपप्रमुखमा कविता उप्रेतीले उमेदवार दर्ता गराए । खैरहनीमा गठबन्धनको तर्फबाट कांगेसका शशी खनियाले प्रमुखमा र माओवादीका लक्ष्मी ढकालले उपप्रमुखमा उमेदवारी दिएका छन् ।
चितवनको भरतपुर महानगरमा सत्त्ता गठबन्धन दलले संयुक्त रुपमा उमेदवारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट माओवादी नेतृ रेनु दाहालले उमेदवार दर्ता गराएकी छन् । त्यस्तै उपप्रमुखमा काग्रेसका चित्रसेन अधिकारीको उमेदवारी परेको छ । यसैगरी एमालेको तर्फबाट प्रमुखमा विजय सुवेदी उमेदवार बनेका छन् । एमालले राप्रपासँग तालमेलका लागि उमप्रमुख उठाएको छैन ।
त्यस्तै चितवनकै राप्ती नगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका शमसेर लामा प्रमुखमा र उपप्रमुखमा कांग्रेसका देवेन्द्र लामाले उमेदवार दर्ता गराएका छन् । राप्तीमा एमालेबाट मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनुका पाठकले उमेदवारी दिएका छन् । त्यस्तै कालिकामा गठबन्धनबाट कांग्रेसका शिवराम केसी मेयरमा र उपमेयरमा माओवादीकी सविता लामाले उमेदवार मनोनयन गरेका छन् । कालिकामा एमालेका विनोद रेग्मीले मेयरमा र बिमला लामाले उपमेयरमा उमेदवार दर्ता गरेका छन् ।
त्यस्तै माडी नगरमा गठबन्धनबाट माओवादीका ऋषि काफ्ले मेयरमा र उपमेयरमा कांग्रेसका खेम महतो चुनावी मैदानमा छन् । एमालेले ताराकुमारी काजी महतोलाई मेयरमा र रेशमलाल आचार्यलाई उपमेयरमा उठाएको छ । चितवनको एकमात्रै गाउँपालिका इच्छाकामनामा गठबन्धनको तर्फबाट कांग्रेसकी गीताकुमारी गुरुङ अध्यक्ष र माओवादीका प्रताप गुरुङले उपाध्यक्षमा उमेदवार दिएका छन् । एमालेले दानबहादुर गुरुङलाई अध्यक्ष र माया सिलवाललाई उपाध्यक्षमा उमेदवार बनाएर मैदानमा पठाएको छ ।